डीभी भर्न पासपोर्ट लिनेको भीड

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २, २०७६ | काठमाडौं

- अमेरिकी डाईभर्सिटी भिसा डीभीको आवेदन भर्दा पासपोर्ट  अनिवार्य  गरिएपछि  जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा  सेवा लिनेको भीड बढेको छ ।  दशैंअघि दैनिक दैनिक करिब ८ सय जना सम्मले राहदानीका लागि निवेदन दिने गरेकोमा पछिल्लो समय यो संख्या बढेर १६ सय सम्म पुगेको छ  ।

डीभीको आवेदन भर्ने म्याद कात्तिक १९ गतेसम्म रहेकाले राहदानीका लागि आवेदन दिनेको संख्या दिनदिनै बढ्दो छ । अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट वर्षेनी ५० हजार जनालाई डीभीमार्फत  कानुनीरुपमा आफ्नो मुलुकमा बसोबासको अनुमति दिदै आएको छ । विगतका वर्षमा आवेदन भर्न राहदानी नम्बर चाहिँदैनथ्यो तर यो वर्षबाट भने अनिवार्य गरिएको हो । 


प्रतिक्रिया