‘२ फरार व्यक्ति पक्राउ’  

कार्तिक २३, २०७६ | सिमरा

विभिन्न मुद्दामा बारा जिल्ला अदालतबाट कैद सजाय पाएर फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा नारायणी अञ्चल अदालतबाट २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना लागेर फरार रहेका जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रुस्तम लामालाई प्रहरीले पक्राउ गरेको हो ।

अञ्चल अदालतले वन मुद्दामा लामालाई दोषी ठहर गर्दै २०४७ फागुन ८ गते कैद सजाय र जरिवाना गरेको थियो । पक्राउ परेका लामालाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यस्तै कर्तव्य ज्यान मुद्दा लागेर विगत एक वर्ष देखि फरार रहेका महागढीमाई नगरपालिका ६ मझरियाका गजानन्द यादव पक्राउ परेका छन् । छिमेकी गजानन्द र शम्भु यादवको घर परिवार मिलेर बुहारी किरण देवी यादवलाई कर्तव्य गरेको भनी प्रहरीले मुद्दा दायर गरेको थियो । घटना भएकै बेला देखि आरोपितहरु फरार थिए ।

उनीहरुलाई खोजतलाश गर्ने क्रममा गजानन्दलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  

 


प्रतिक्रिया