मोटरसाईकल दुर्घटनामा एकको मृत्यु 

मंसिर ६, २०७६ | उदयपुर

उदयपुरको चौदण्डिगढी नगरपालिका –९ भिमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाईकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका ३ का दिपक विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाईकलमा सवार २४ वर्षीय रमेश विश्वकर्मा घातइते भएका छन् । मदन भण्डारी लोकमार्ग सुनसरीबाट बेल्टार हुँदै गाईघाट जाँदै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दिपकको उपचारको क्रममा बेल्टार प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घाइते रमेशको थप उपचारको लागि धरान पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया