पाँचथरमा ६० प्रतिशत मतदान

मंसिर १४, २०७६ | पाँचथर

पाँचथरमा एक गाउँपालिका अध्यक्ष सहित २ वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा अपरान्ह ४ बजेसम्ममा ६५ प्रतिशत मत खसेको छ । गाउँपालिकाको अध्यक्ष पदका लागि निर्वाचन हुने फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७, फिदिम नगरपालिका १ मा ३ हजार ६ सय ७६ र हिलिहाङ गाउँपालिका ७ मा २ हजार ६ सय मतदाता रहेका छन् ।

मतदान भइरहेका स्थानमा विगतका वर्षहरु भन्दा मतदातामा कम उत्साह पाइएको थियो । मध्यान्हसम्म सुनसान जस्तै रहेका मतदान केन्द्रहरुमा १२ बजेपछि मात्रै मतदाताको भीड लाग्न थालेको थियो । जिल्लाको उपनिर्वाचन हुने स्थानका लागि ३१ मतदान केन्द्र र १७ मतदान स्थल तोकिएको छ ।

फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ ७ को वडाध्यक्ष पदका लागि भइरहेको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले बताउनुभयो । गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन भईरहेको फाल्गुनन्दमा ८, वडाध्यक्षका लागि फिदिम १ मा ७ र हिलिहाङ ७ मा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया