थबाङ १ को वडा अध्यक्षमा जनकबहादुर विजयी

मंसिर १४, २०७६ | रोल्पा

रिक्त रहेको रोल्पाको थबाङ गाउँपालिका वडा नं १ को वडा अध्यक्ष पदमा सत्तारुढ नेकपाका जनकबहादुर बुढामगर विजयी हुनु भएको छ । कांग्रेसका कलम रोका मगरलाई पछि पार्दै उहाँ विजयी हुनु भएको हो । उहाँले १ सय ७४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी कलमले २६ मत मात्र प्राप्त गर्नुभयो ।

कुल मतदाता १ हजार २ सय ६४ भएकामा १६ दशमलव ४ प्रतिशत मात्रै मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान निर्धारित समय ७ बजेदेखि नै सुरु भएपछि मतदाता दिउँसो मात्रै मतदान स्थल थबाङस्थित ठूलो गाउँमा रहेको मतदान केन्द्रमा पुगेका थिए । दिउँसो ४ बजेपछि मतदान गर्न कोही आएन । दुई वटा मतदान केन्द्रमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । खसेका मतमध्ये ९ बदर भएका छन् । 


प्रतिक्रिया