धनुषामा बम विस्फोट, इन्स्पेक्टर दाहालसहित ३ जनाको मृत्यु

मंसिर २८, २०७६ | काठमाडौं

धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरिक्षकसहित ३ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका –५ मा मध्यराती भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, स्थानीय ४६ बर्षिय राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदिप कडेँलले बताउनुभयो । प्रहरी निरिक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको कडेँलले बताउनुभयो । 

बम विस्फोटमा शाह बाबु र छोराको भने घटनास्थलमै मृत्यु भएको थियो । बम विस्फोटमा परी घाइते प्रहरी जनाव रिजनाथ कुमार महतो , राजेश्वरकी छोरी १९ वर्षीया अञ्जली साह र छोरा १५ वर्षीय प्रकाश साहको धरान अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन । 


प्रतिक्रिया