नेकपाको सचिवालय बैठक आज बस्दै

मंसिर २८, २०७६ | काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । उपनिर्वाचनको रिपोर्ट, पार्टी एकताका बाँकी काम टुङग्याउने तथा भोलि बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो । काठमाडौंको धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यलयमा अपरान्ह ३ वजेपछि बस्ने बैठकमा पार्टीको सागठानिक संरचनाका साथै जिल्ला समितिबाट आएका उपनिर्वाचनको रिर्पोटबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । 


उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि चुनावी गतिविधीको सम्पूर्ण रिपोर्ट केन्द्रमा बुझाउन सचिवालयले जिल्ला समितिहरुलाई निर्देशन दिएको थियो । सोही रिपोर्टबारे आज सचिवालयमा छलफलपछि भोलि बस्ने स्थायी समिति बैठकमा विस्तृत छलफल हुने नेता खनाललले बताउनुभयो । यस्तै बैठकमा एकताको बाँकी काम तथा सांगठानिक संरचनालाई पूर्णता दिने विषयमा पनि छलफल हुने नेताहरुको भनाई छ । 


प्रतिक्रिया