कांग्रेस संसदीय दलको बैठक बस्दै

माघ ३, २०७६ | ...काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा लामो समय अवरुद्ध संसद सञ्चालन गर्न सरकारलाई दबाब दिने लगायतका समसामायिक विषयमा छलफल गर्ने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

 लामो समयसम्म संसद चल्न नसक्दा जनताको आवाज नै कुण्ठित हुने अवस्था आएको भन्दै यथाशक्य चाँडो संसद सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गरिने उहाँले बताउनुभयो । यस्तै सरकारले ल्याएका विभिन्न विद्ययेक तथा आसन्न राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया