यस्तो संघियताको अर्थ हुन्न: समाजवादी अध्यक्ष यादव

माघ ३, २०७६ | जनकपुर

– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा केन्द्रले नै शासन गरेको र आफ्नो मर्जीले चलाइरहेको आरोप लगाउनु भएको छ । पार्टीले आज शूरु गरेको संगठन विस्तार र सुदृढिकरण बिसु कार्यक्रमको जनकपुरमा उद्घाटन गर्दै नेता यादवले नाम मात्रको संघीयताले परतन्त्रता नहटाउने बताउनुभयो । स्वायत्त शासन र परतन्त्रता अन्त्य गर्ने खालको प्रदेश हुनुपर्ने उहाँको भनाई थियो । उहाँले नेपालमा प्रदेश स्थापना गर्दा संघीयताको कुनै आधारलाई लागु नगरिएको आरोप लगाउनुभयो ।

 कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नेपालमा संघीयतालाई कमजोर र समाप्त पार्ने खेल भइरहेको बताउनुभयो । मधेस आन्दोलनले अहिलेजस्तो संघीयता नचाहेको भन्दै त्यसका लागि पनि संविधान संशोधन आवश्यक रहेको उहाँको भनाई थियो । समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले अधिकारसम्पन्न संघीयता मागेपनि केन्द्र शासित व्यवहार मात्र देखाइएको आरोप लगाउनुभयो । 


प्रतिक्रिया