सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले आजपनि छलफल गर्दै

माघ ४, २०७६ | काठमाडौं

संक्रमणकालिन न्यायको विषय टुङ्ग्याउन सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले आजपनि छलफल गर्दैछन् । पीडितहरुको सुझावका आधारमा सत्य निरुण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न मोटामोटी सहमति भएपनि कुन–कुन विषय संशोधन गर्ने भन्ने विषयमा सत्तारुढ दलसंग सहमति भईनसकेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीवेरमा हुने छलफलमा पीडितले दिएको सुझाव तथा ऐनमा सर्वोच्चले खारेज गरेका केही प्रावधानबारे छलफल हुने नेकपा संसदीय दलका उपनेता सुभास नेम्वाङले जानकारी दिनुभयो । हत्या, वेपत्ता, यातना र बलात्कारजस्ता विषयमा मुद्दा चलाउउनु पर्ने , पीडितले सहमति दिएपछि मात्रै सत्य निरुपण गर्नुपर्ने लगायत ४ वटा विषय ऐनमा उल्लेख गर्न सर्वोच्चले आदेश दिएको छ । यसअघी नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल तथा कंग्रेस सभापति शेरवहादुर देउवा सहित हिजो बसेको बैठकमा पीडितहरुले दिएको सुझाव संकलनका आधारमा एैन संशोधन गर्ने सहमति भएको थियो । कांग्रेससंग हिजो भएको सहमति अनुसार ऐन संशोधनको मस्यौदा कानून मन्त्रालयले तयार पार्ने र संसदबाट पारित गराएर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ । आजको बैठकमा सर्वोच्चको आदेश सम्वन्धमा पनि छलफल हुने छ ।

सरकारले कानून मन्त्रालय मार्फत संसदको न्यायिक समितिलाई समेत सहभागी गराएर मानव अधिकार उल्लंघनको घटनाहरू कसरी वर्गीकरण गर्ने, द्वन्द्वकालीन मुद्दा किनारा लगाउने अदालतको व्यवस्था, मानव अधिकार उल्लंघन गर्नेलाई दण्ड सजायको व्यवस्था ऐनमै गर्ने गरी कानून संशोधनको तयारी गरेको छ । यसैबीच सत्य निरुपण तथा मेलमिलाप एवं वेपत्ता छानविन अयोगमा पदाधिकारी चयन गर्न सिफारिस समितिको बैठक आज वस्दैछ । दुवै आयोगमा पदाधिकारी सिफिारिसबारे आजको बैठकमा छलफल हुने समिति सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो 


प्रतिक्रिया