दुई सय बढी पर्यटकको उद्धार

माघ ४, २०७६ | पोखरा

– सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २ सय भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ । पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको चार वटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको बताउनुभयो । अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन रहेको आचार्यले जानकारी दिनुभयो । 

सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहेका छन् । कोरियाली पर्यटकहरुको नाम आइनसकेको आचार्यले बताउनुभयो । उद्धार गरिएकामा चाइनीज, कोरियन, अष्ट्रलियन, साल्भाडोर, सिंगापुर लगायतका नागरिक रहेको पर्यटन विभागले जनाएको छ ।


प्रतिक्रिया