कांग्रेसले उपसभामुख पाए सभामुखमा उम्मेद्वारी नदिने

माघ ७, २०७६ | काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख पद आफ्नो दलले पाए सभामुखमा उम्मेद्वारी नदिने जनाएको छ । सभामुख पदको उम्मेद्वार मनोनयनको अन्तिम समयसम्म सत्तारुढ नेकपासँग छलफल गरेपछि मात्र कांग्रेसले सभामुखबारे निर्णय लिने जनाएको हो । सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण उपसभामुख आफ्नो दलले पाउनुपर्ने कांग्रेसले दाबी छ । 

तर संसदमा नेकपाको स्पष्ट बहुमत रहेकाले उसको सहमति बिना निर्वाचित हुन नसक्ने यर्थाथताका बीच कांग्रेस ग्रीन सिग्नलको प्रतिक्षामा छ । नेकपाले राजपा वा जनमोर्चालाई उपसभामुख दिने अवस्था आए कांग्रेसले सभामुख पदमा उम्मेद्वारी दिने जनाएको छ । उपसभामुख आफ्नो पार्टीले नपाए पुष्पा भुषाललाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यद्यपी नेकपाको नेतृत्वसँग पार्टीका शीर्ष नेताहरु छलफलकै क्रममा रहेकाले अहिलेसम्म कुनै आधिकारिक निर्णय नआएको शर्माको भनाई छ ।

उहाँले भन्नुभयो– सत्य निरुपण र बेपत्ता छानबिन आयोगको नियुक्तिमा नेकपासँग जुन सहमति भएको छ, सभामुख उपसभामुखको बिषयमा पनि यस्तै सहमति बन्छ भन्ने आशा छ । 


प्रतिक्रिया