मकवानपुरको एक रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिए

रेडियो कान्तिपुर संवाददाता

माघ ७, २०७६ | मकवानपुर


प्रताप विष्ट, 

मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका छन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिनुभयो । अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन ।

 दुई कोठा लिए पनि ती पर्यटकहरु एकै कोठामा बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । १५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका हुन् । चिसोबाट बच्न बालेको ग्याँस हिटरबाट निसासिएर बेहोस भएको हुनसक्ने एसपी राठौरले जानकारी दिनुभयो । अचेत अवस्थामा रहेका भारतीयहरुको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर बोलाइएको छ । 


प्रतिक्रिया