सभामुख पदका लागि सापकोटाको मनोनयन दर्ता

शान्ता चौधरीको फेसबुक पेजबाट  

माघ ७, २०७६ | काठमाडौं

नेकपाका सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले आज मध्याहृन सभामुखमा उम्मेदवारी दिनुभएको हो ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण रहेका छन् ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न भगिरथ प्रयास गर्ने बताउनुभयो ।

नेकपा स्थायी समिति सदस्य रहेका सापकोटालाई गत आइतबार बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया