सभामुख सापकोटाद्वारा सपथ ग्रहण

माघ १३, २०७६ | काठमाडौं

प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित अग्नी प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा केहिबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले पद तथा गोपनियताको सपथ लिनुभएको हो । 

सापकोटाको सपथ समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबरा सहित पुर्ब प्रधानमन्त्रीहरु र सरकारका उच्च पदस्थ अधिकारीको उपस्तिथी रहेको थियो । सपथपछि उहाँ पदभार ग्रहणका लागि संसद भवन आउनुभएको छ ।

 उहाँले आजैबाट सभामुखको पदभार ग्रहण गर्नुहुने संसद सचिवालयले जनाएको छ । हिजो बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो । सभामुखमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट एकल उम्मेद्बारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । सापकोटाले भोलि दिउँसो १ बजे बस्ने बैठक सञ्चालन गर्नुहुनेछ । यसअघि ज्येष्ठ सदस्यका हैसियतले महन्थ ठाकुरले सभामुख निर्वाचनको प्रक्रिया सम्पन्न गर्नुभएको थियो । 


प्रतिक्रिया