भोलि हुने उपनिर्वाचनमा सार्वजनिक सवारी चलाउन पाइने

वैशाख १४, २०८१ | काठमाडौं

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बझाङ १ मा भोलि हुने उपनिर्वाचनमा मतादन गर्न जानका लागि सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाईने भएको छ ।

निर्वाचन आयोगले मतदाताको सहजताका लागि सार्वजनिक मतदान केन्द्रसम्म पुग्न सार्वजनिक सवारी सधान सञ्चालन गर्न पाइने व्यवस्था गरेको हो । सोकालागि आवश्यक व्यस्था मिलाउन निर्वाचन आयोगले गृहमन्त्रालयमार्फत् सम्बन्धीत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता राम दत्त पाण्डेयका अनुसार मतादानको अवधिभर एम्बुलेन्स, दमकल, शव वहान लगायत अत्यावश्यक सवारी साधन सञ्चलनमा कुनै अवरोध हुने छैन । यस्तै निर्वाचनका उम्मेदवार वा उनीहरुको निर्वाचन प्रतिनिधिले आयोगको अनुमतिमा एक मात्र सवारी साधन प्रयोग गर्न पाउनेछन् ।

निर्वाचन आयोगले यसअघिका निर्वाचनमा अत्यावश्यक र निर्वाचन आयोगको अनुमति लिएका बाहेकका सावारी साधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

आयोगले निजी सवारी सञ्चालनमा भने कुनै निर्णय गरेको छैन् । मतदान भोली बिहान ७ बजे देखि साँझ ७ बजेसम्म हुनेछ ।   


प्रतिक्रिया