बौद्धिक सम्पत्ति चोरी नियन्त्रण हुन नसकेकोप्रति सरोकारवालाको गुनासो

वैशाख १४, २०८१ | काठमाडौं

बौद्धिक सम्पत्ति चोरीका घटना बढिरहेपनि त्यसको नियमन तथा नियन्त्रण हुन नसकिरहेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

बौद्धिक सम्पत्ति चोरीको घटना पश्चात नियमन गर्ने आधिकारीक निकाय नहुँदा घटनाले झनै प्रस्रय पाउदै गएको बौद्धिक सम्पत्ति संरक्षण समाजका सचिव सरोज खनालले बताउनुभयो ।

अर्कोतर्फ चोरी भएको निवेदन आइसकेपश्चात पनि कानुनी प्रक्रीयाबारे नियमनकारी निकायमा अलमल भएका कारण यस्ता घटना ओझेलमा पर्ने गरेको समाजका सचिव खनालको भनाई छ ।

मानिसलाई भौतिक सम्पत्ति स्वामित्वको अधिकार भएजस्तै आफूले सिर्जना र रचना गरेका सामग्रीमा स्वामित्वको हकदावी गर्नेे अधिकार कानुनले दिएको छ ।

प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ मा साहित्य, कला, ज्ञान–विज्ञान र मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचनामा रचयिताको हक लाग्ने जनाइएको छ ।

सर्जकको प्रतिलिपि अधिकार हनन भएमा १० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुन सक्छ । 


प्रतिक्रिया