प्रधानमन्त्री रोजगार कार्यक्रम : पहिलो चरणमा २ अर्ब रुपैयाँ निकासा

फाल्गुन ३, २०७६ | काठमाडौं

प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तर्गत चालु आर्थिक वर्ष पहिलो चरणमा २ अर्ब रुपैयाँ निकासा भएको छ । ६ सय २३ स्थानीय तहलाई २ अर्ब रुपैयाँ रकम निकासा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो ।

 मन्त्रालयले चालु आर्थिक वर्षका लागि ४ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ रकम बजेट विनियोजन गरेको थियो । जसमध्ये २ अर्ब ६२ करोड रुपैयाँ विश्व बैंकबाट ऋण सहयोग आउने र २ अर्ब २० करोड ३२ लाख रुपैयाँ सरकारले आन्तरिक श्रोतबाट लिने प्रवक्ता घिमिरेले बताउनुभयो ।

 विनियोजित बजेटमध्ये माघ मसान्तसम्ममा मन्त्रालयले ६ सय २३ स्थानीय तहलाई न्युनतम १० लाखदेखि अधिकतम ७५ लाखसम्म छुट्याएर बजेट निकासा गरेको मन्त्रालयले जनाएको छ । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गत वर्षको बजेटले मकै गोडेको, झार उखेल्ने लगायतका काममा खर्च गरेपछि चौतर्फि आलोचना भएको थियो । 


प्रतिक्रिया