लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि ६ अर्बको गुरुयोजना

फाल्गुन ४, २०७६ | बुटवल

प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि गुरुयोजना निर्माण गरेको छ । अस्पतालमा सबै प्रकारका बिशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अत्याधुुनिक भवनको डिजाइन सहित ६ अर्ब लागतको गुरुयोजना बनाएको प्रदेश योजना आयोगले जनाएको छ ।

 १० तले भवनमा सबै प्रकारका बिशेषज्ञ सेवा उपलब्ध हुने छन् । सरकारले अस्पताल परिषरका सटरहरु हटाएसंगै अस्पताल सुधारको काम अघि बढाएको छ । योजनामा भवनको माथि हेलिप्याडको सुविधापनि समावेश गरिएको छ ।

प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजनाबारे आज प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरोकारवालापक्षसंग नया गुरुयोजनाको बारेमा छलफल समेत भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।


प्रतिक्रिया