संघीय सरकारले अधिकार नदिँदा प्रदेशका काम देखिएनन : मुख्यमन्त्री गुरुङ

फाल्गुन ४, २०७६ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघले अधिकार नदिदा प्रदेश सरकारले काम देखाउन नसकेको बताउनुभएको छ ।

मुलुक संघीयतामा गइसक्दा पनि अधिकांश अधिकार संघमै केन्द्रित गरेको उहाँको गुनाशो थियो । प्रदेश सरकार गठन भएको दुईबर्ष पुगेको अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले, संघले जग्गाको भोगचलन र स्वामित्व हस्तान्तरण नगरेका कारण बजेट खर्च पनि न्युन भएको र काम पनि देखाउन नसकिएको बताउनुभयो । 

संघीयतासंगै फेरिएको व्यवस्थामा प्रदेश सरकार नयाँ रहेकाले चुनौति पनि उत्तिकै थुपारिएको उहाँको भनाई थियो । यद्यपि सुशासन, आर्थिक अनुशासन, विधि र प्रकृयामा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।  


प्रतिक्रिया