महराविरुद्धको मुद्दामा सोमबार फैसला आउने

फाल्गुन ४, २०७६ | काठमाडौं

‘बलात्कार प्रयास’ मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला भोलि हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको बहस सकिए पनि मुद्दा भने ‘हेर्दाहेदै’मा राखिएको हो । अध्ययन गर्न समय अभाव भएकाले मुद्दा ‘हेर्दाहेदै’मा राखिएको अदालतले जनाएको छ । 

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी लाई ‘बलात्कार प्रयास’ गरेको आरोप लागेपछि उनले गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । 

काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै गत असोज १९ गते पक्राउ परेका महरा हाल डिल्लीबजार कारागारमा छन् ।  


प्रतिक्रिया