थरुहट बन्दले जनजीवन प्रभावित

फाल्गुन २१, २०७६ | दाङ

– थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने आम हड्तालका कारण आज पनि दाङ लगायत पश्चिम तराईका जिल्लामा जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था, कलकारखाना, व्यापार, व्यवसाय र यातायात ठप्प छन् । जिल्लाभित्र र बाहिर चल्ने सार्वजनिक सवारी साधन बन्द छन् । कतिपय संघसंस्था र कार्यालयमा मोर्चाले पत्र पठाई बन्दलाई सहयोग गर्न आग्रह गरेको छ । 

पूर्व पश्चिम राजमार्गमा अलपत्र परेका गाडीलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्यमा पठाउने गरेको छ । मोर्चाले थारु समुदायमाथि बर्षौंदेखि हुँदै आएको विभेद, असमानता, उत्पीडन र संविधानका अन्तरवस्तुसँग सम्बन्धित १४ बुँदे मागहरु राखी संघर्ष गर्दै आएकोमा सरकारले सुनुवाई नगरेपछि दवावस्वरुप हिजो र आज देशव्यापी आमहड्ताल आह्वान गरेको छ ।

बर्दियाको गुलरियामा भने व्यवसायीले बन्दको अवज्ञा गरेका छन् । बजार, उद्योग, सामूदायिक विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालय सञ्चालनमा छन् । बन्दको प्रभाव थारु बहुल राजापुरमा भने परेको छ । दुई दिने बन्दको दोस्रो दिन लामो तथा छोटो दुरीका सवारी साधन नचलेपनि निजी सवारी साधन भने सञ्चालनमा छन् । 


प्रतिक्रिया