कोभिड १९ रोकथाम र नियन्त्रणका लागि छात्रवृत्तिमा पढेकालाई खटाइने

चैत्र ९, २०७६ | काठमाण्डौं

– सरकारले छात्रवृत्तिमा अध्ययन गरेका मेडिकल अधिकृत, बरिष्ठ चिकित्सक, छात्रवृत्तिमा अध्ययनरत एमडी र एमबीबीएसका विद्यार्थीलाई कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी स्थानीय तहका पूर्ववत काम प्रभावित नहुने गरी संक्रमण रोकथामका लागि खटिन बरिष्ठ चिकित्सक र मेडिकल अधिकृतहरुलाई निर्देशन दिईएको छ । 

मेडिकल कलेजहरुमा बरिष्ठ चिकित्सक र एमबीबीएसका विद्यार्थीलाई सम्बन्धित कलेजसंग आवश्यक समन्वय गरी कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि परिचालन हुन पनि सरकारले आग्रह गरेको छ । 


प्रतिक्रिया