भारत र चीनसँगको सीमा नाका आजबाट एक साता बन्द

  फोटो – नारायण शर्मा

चैत्र १०, २०७६ | काठमाडौं

सरकारले आज बिहान १० बजेदेखि एक सातासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गरेको छ । दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएर कोभिड–१९ संक्रमणको जोखिम बढेपछि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो । 

 यद्यपी सामानको ढुवानी भने नियमित हुने सरकारले जनाएको छ । उत्तरी सीमामा दुइटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिणी सीमामा ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी १ सय ६४ वटा नाका छन् । 


प्रतिक्रिया