कान्तिपुर कोभिड–१९ रोकथाम कोष खडा

चैत्र १०, २०७६ | काठमाण्डौं

– कान्तिपुर मिडिया ग्रुपले मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्धको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले १५ लाख रुपैयाँ राखेर ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’ खडा गरेको छ । कोषका साझेदार रहेका कुमारी बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकले पनि १५–१५ लाख रुपैयाँ सहयोग गरेका छन् । 

यो कोषको रकम कोरोना रोकथामका निम्ति लड्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइनलगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यवस्थाको प्रबन्ध मिलाउन सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ को समन्वयमा तोकिएका सरकारी अस्पतालहरुमा खर्च हुनेछ । विश्वव्यापी विपत्तिविरुद्ध सहयोग गर्न चाहनेहरुले उल्लिखित बैंकका कुनै पनि शाखामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंक खाताहरु

कुमारी बैंक – ०९६००००१३४५०००१

सिद्धार्थ बैंक – ००१०००००००१

नेपाल इन्भेस्टमेन्ट बैंक – ००१०१०१०३३९५८२

नबिल बैंक – ०१७०१०१७५०१९६०


प्रतिक्रिया