बसको ठक्करबाट दुई जनाको मृत्यु

चैत्र १०, २०७६ | दाङ

– दाङमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिका १ जुरौनीमा काठमाण्डौंबाट तुलसीपुरतर्फ जाँदै गरेको बसले भालुबाङबाट पूर्वतर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका ५ खाराका २५ बर्षीय गणेश पुन र पछाडि बस्ने तुलसीपुर ५ दाङका २४ बर्षीय रमेश वलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक भरतसिंह राठौरले बताउनुभयो । 

पुनको घटनास्थलमै र वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । बसचालक नियन्त्रणमा रहेको राठौरले बताउनुभयो ।


प्रतिक्रिया