कोरोनाबाट बच्न क्रिश्चियन बन्न आग्रह गर्ने पास्चर पक्राउ

चैत्र ११, २०७६ | पोखरा

सुकुम्बासी बस्तीमा पुगेर यशुका अनुयायी बनेमा कोरोना भाइरसले छुन नसक्ने भन्दै प्रवचन दिएका क्रिश्चियन धर्मगुरु (पास्चर) केशवराज आचार्य पक्राउ परेका छन ।

जुम्ला घर भइ पोखरा–२९ पावर हाउस बस्दै आएका उनी स्थानीय प्रशस्त कटनी मण्डलीका पास्चर हुन । 

सरकारले भिडभाड नगर्न भनेको अवस्थामा चर्चमा सर्वसाधारण जम्मा गरी यशुले कोरोना भाइरस नाश गरिदिनुहुन्छ भन्दै प्रवचन दिएपछि पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताउनुभयो । 


प्रतिक्रिया