काठमाडौं उपत्यकामा सुरक्षागस्ती बढाईयो

चैत्र १३, २०७६ | काठमाडौं

सरकारले आह्वान गरेको लकडाउन उल्लंघन गर्नेको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सुरक्षा गस्ती बढाइएको छ । 

एक साताका लागि आह्वान गरिएको लकडाउनको दोस्रो दिन हिजो अत्यधिक सर्वसाधारण कारबाहीमा परेपछि थप कडाई गरिएको काठमाडौं प्रहरी प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा आज बिहानैदेखि कडा सुरक्षाजाँच तथा निगरानी बढाइएको छ । 

विभिन्न बहानामा सडकमा आउने सर्वसाधारणको संख्या बढ्न थालेपछि प्रहरीले सुरक्षा गस्ती बढाएको हो । काठमाडौं उपत्यकाका भित्र सडकमा पनि सुरक्षा गस्ती बढाईएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । 

सरकारले देशैभरी तथा सीमा नाकामा यसअघि नै सुरक्षागस्ती बढाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया