पाँचथरका २ आइसोलेशन र ३ क्वारेन्टाइनमा

चैत्र १४, २०७६ | पाँचथर

रोजगारीका लागि भारत गएर फर्केका २ जनालाई जिल्ला अस्पताल पाँचथरमा आइसोलेशन राखिएको छ । वैदेशिक रोजगारीमा गएर फर्केका ३ जनालाई हिलिहाङ गाउँपालिकामा क्वारेन्टाइनमा राखिएको छ । 

केहिदिन अघि भारतबाट फर्केका २ जना युवकलाई रुघाखोकी र सामान्य ज्वरोको लक्षण देखिएपछि आइसोलेशनमा राखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै, हिलिहाङ गाउँपालिकाले वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको तथ्यांक संकलन गरेको छ । 

चैत १ गते विदेशबाट फर्केका ३१ मध्ये २८ जनालाई घरैमा क्वारेन्टाइनमा बस्न भनिएको र बाँकी ३ जनालाई श्रीजंग माविमा अस्थायी क्वारेन्टाइनमा राखी उपचार भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले जानकारी दिनुभयो ।


प्रतिक्रिया