संक्रमति युवतीसँगै आएका चितवनका ३ जनामा सुरक्षित

चैत्र १५, २०७६ | चितवन

नेपालमा कोभिड–१९ कोरोना भाइरसको दोस्रो संक्रमित युवती सवार कतार एयरवेजको जहाजमा सँगै यात्रा गरेका चितवनका पाँच यात्रुमध्ये तीन जनाको परीक्षण प्रतिवेदनमा उनीहरुलाई संक्रमण नभएको पत्ता लागेको छ । 

यात्रा गरेका अरु दुईको नतिजा आउन बाँकी रहेको भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिनुभयो । सो जहाजमा यात्रा गर्ने चितवनका ६ जना रहेको पत्ता लागेको थियो । जसमध्ये पाँच जना भरतपुरको कोरोना विशेष अस्पतालमा पुगेका थिए । 

अस्पतालले नमुना संकलन गरेर अस्ती बिहीबार परीक्षणका लागि काठमाडौं पठाएको थियो । अस्पतालले अस्ती परीक्षणका लागि ११ जनाको नमुना पठाएकोमा शनिबार आठ जनाको नतिजा प्राप्त भएको र सबै कोरोना भाइरसमुक्त रहेको पत्ता लागेको डा.अधिकारीले जानकारी दिनुभयो ।   


प्रतिक्रिया