हवाइफायर गरेर झगडा नियन्त्रण

चैत्र १६, २०७६ | मकवानपुर

मकवानपुर प्रहरीले हवाई फायर गरेर हेटौडामा गएराति स्थानीय युवाहरुबीच भएको झगडा नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा राति करिब ११ बजे स्थानीय मिलन चोक र साङ्गे टोलका युवाबीच भएको झगडा नियन्त्रणका लागि तीन राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । 

करिब ४० जनाको समुहमा रहेका युवाहरुबीच भएको झगडा नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि नै ढुंगा हान्ने र हातपात भएपछि बाध्य भएर हवाइ फायर गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो । उनीहरुले मादक पदार्थ सेवन गरेको राठौरले बताउनुभयो । 

युवाको आक्रमणबाट प्रहरी भ्यानमा क्षति पुगेको छ । प्रहरी उपरीक्षक राठौरले चारजना युवालाई नियन्त्रणमा लिएको र झगडामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिनुभयो ।  


प्रतिक्रिया