संक्रमितसंगै आएका ८ जना सम्पर्कमा आए

चैत्र १६, २०७६ | नवलपरासी

एअर अरेबियाको बिमानवाट नेपाल फर्किएका थप ८ जना सम्पर्कमा आएका छन् । उनीहरुलाई नवलपरासीका आ–आफ्नै स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ । 

अघिल्लो बिहीबार एयर अरेबियामार्फत नेपाल फर्किएका एकजनामा कोरोना संक्रमण पुष्टी भएपछि सो बिमानमा आएकाहरुको खोजी सुरु भएको थियो । 

गत चैत्र ६ गते दुबइको सारजहा एअरपोर्टवाट एअर अरेयिबा एअरलाइन्सको जी ९३७ बिमानवाट उनीहरु काठमाडौं आएका थिए । त्यो बिमानमा १ सय ६९ जना यात्रु रहेकामा ८ जना नवलपरासीका थिए । 

त्यही जहाजमा आएका एक पुरुषको स्वास्थ्य परीक्षणको नतिजामा गत बुधवार कोरोना संक्रमण भएको पुष्टी भएपछि गृह मन्त्रालयले पठाएको विवरणका आधारमा उनीहरुको खोजी शुरु भएको थियो । 

गत २ साता यता शनिवारसम्म पुर्वी नवलपरासीमा बिदेशवाट आउनेको संख्या ४११ रहेका छन् । उनीहरु भारत र तेश्रो मुलुकवाट आएका छन् । 


प्रतिक्रिया