खोटाङमा एउटै गाउँका ३४ जनालाई ज्वरो

चैत्र १६, २०७६ | खोटाङ

खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालय सेलेवामा ३४ जनामा ज्वरोको समस्या देखिएको छ । 

शुक्रबारदेखि फैलिएको ज्वरोले १२ वर्षमुनिका १२ जना र ४० देखि ६० वर्ष उमेरका २२ जना बिरामी परेको वडाध्यक्ष बिदुरमान राईले बताउनुभयो । टोलभरी ज्वरोको समस्या देखिएपछि शनिबार स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गर्दै औषधि वितरण गरेको छ । 

मौसम परिवर्तनका कारण उनीहरुमा ज्वरो र निमोनियको समस्या देखिएको स्वास्थ्यकर्मीको अनुमान छ । बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको स्वास्थ्यकर्मीले बताएका छन् । 

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजन पवन पोखरेलले ज्वरो फैलिएको विषयमा जानकारी आए पनि अवस्था सामान्य रहेको बताउनुभयो ।


प्रतिक्रिया