बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएन

चैत्र १७, २०७६ | बुटवल

बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु स्रोतका अनुसार ती व्यक्तिको मृत्यु कोरोना संक्रमणले नभएको प्रारम्भिक प्रयोगशाला परीक्षणमा देखिएको छ ।

प्रदेश ५ सरकार र बुटवल उपमहानगरपालिकाको सहकार्यमा तयार गरिएको बुटवल स्थित कोरोना विशेष ९अस्थायी० अस्पताल । अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका एक युवकको आइतवार मृत्यु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला श्रोतका अनुसार थप स्पष्ट हुन ती व्यक्तिको घाँटीको र्‍यालको नमुना दोस्रो पटक परीक्षण गरिने भएको छ।

गत आइतबार दिउँसो १२ बजे बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक ३४ वर्षीय व्यक्तिको मृत्यु भएको थियो।

ज्वरो, खोकीको लक्षण देखिएपछि आफैं अस्पताल भर्ना भएका ती व्यक्तिको र्‍यालको नमुना गत आइतबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको थियो।


प्रतिक्रिया