शंकास्पद संक्रमित अस्पतालबाट भागे

चैत्र २५, २०७६ | बिराटनगर

कोरोना संक्रमणको आंशकामा इलामस्थित एक अस्पतालमा राखिएका एक युवक भागेका छन् । 

भारतबाट आएपछि इलाम नगरपालिका–३ स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका इलामकै सन्दकपुर गाउँपालिका–३ सुलुबुङका सरोज अधिकारी गएराती अस्तालबाटै भागेका हुन् । 

कोरोनाको प्रभाव देखिएको भारतको सिलगुढीबाट आएकाले गत चैत २३ गतेदेखि उनलाई निगरानीमा राखिएको थियो । इलाम नगरपालिकाका अधिकृत रामकुमार साहले अधिकारीको खोजी भइरहेको बताउनभयो ।

क्वारेन्टाइन वार्डका इन्चार्ज दीपक पौडेलका अनुसार उनको स्वाब नमुना परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन भने बाँकी छ ।


प्रतिक्रिया