धनकुटामा आजदेखि द्रुत जाँच परीक्षण

वैशाख १, २०७७ | धनकुटा

धनकुटामा कोरोना भाइरस (कोभिड १९) विरुद्ध आजदेखि विदेशबाट फर्किएका व्यक्तिमा द्रुत जाँच कार्य सुरु गरिएको छ । 

स्थानीय पालिकासँगको सहकार्यमा स्वास्थ्य जाँच कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो । 

पहिलो चरणमा एक सय जनामा जाँच गरिने तयारी गरिएको उहाँले बताउनु भयो । विदेशबाट फर्किएका दुई बढि व्यक्ति होमक्वारिन्टाइनमा रहेका छन् ।

जसमध्ये एक जना आइसोलेसनमा राखिएका बिरामीको समेत रिपोर्ट नेगेटिभ आएपछि ति बिरामी समेत घरैमा रहेको जनाईएको छ । द्रुत स्वास्थ्य जाँच कार्यका लागि आवश्यक स्वास्थ्य सामाग्री स्थानीय तहमा पुगिसकेको स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ ।  


प्रतिक्रिया