सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पोजिटिभ (सम्पादित समाचार)

वैशाख २, २०७७ | काठमाडौं

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने तीन जना मध्ये दुई जनाको पीसीआर परिक्षणमा पनि कोरोना पोजिटिभ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको र अर्को एक जनाको श्वाब पुन: परिक्षणका लागि पठाइएको छ । ***(सम्पादित समाचार)  

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने तीन जनाको पीसीआर परिक्षणमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि हिजो उनीहरुको घाँटीको र्‍यालको नमुना पिसीआर गर्नका लागि पाटन अस्पतालमा ल्याइएको थियो । सो परिवार गत चैत ५ गते लण्डनबाट काठमाडौं फर्किएको थियो । उनीहरु बस्दै आएको अपार्टमेन्टलाई सिल गरेर प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रहरीले सो अपार्टमेन्टमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ । 

 ***यस अघि मन्त्रालयको उच्च स्रोतले तीनै जनामा कोरोना संक्रमण पुष्टी भएको बताएको थियो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा २ जनामा मात्र कोरोना पुष्टी भएको सार्वजनिक भए पश्चात उच्च स्रोतले भन्यो, "आज बिहान तीनै जनाको रिपोर्टमा कोरोना पोजिटिभ आएको हो, मिडिया ब्रिफिङका क्रममा के भयो म आफैं दंग छु ।",  "अर्को कुरा पहिलो परिक्षण नै अन्तिम नहुने भएकोले अब अर्को परिक्षणको नतिजा कुर्नु राम्रो होला ।" 



प्रतिक्रिया