कोरोना प्रभावित क्षेत्रमा कन्ट्याट ट्रेसिङ रोकियो

जेष्ठ २, २०७७ | बाँके

– नेपालगञ्ज नाका भएर भारतबाट फर्किएका नेपालीहरुको आरडीटी जाँचमा स्वास्थ्यकर्मीहरु व्यस्त भएपछि कोरोना संक्रमण देखिएको क्षेत्रका कन्ट्याट ट्रेसिङको काम रोकिएको छ । तीन दिनअघि नेपालगञ्ज उपमहानगरपालिका ८ जोलहनपुर्वामा एक जनामा कोरोना संक्रमण देखिएको थियो । आज नरैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारी गरेका थिए ।

 हिजो भारतबाट ६ सय ८७ जना नेपाल भित्रिएका थिए । घर फर्किन पाउने हल्लाले नेपालगञ्ज नाकामा भिड जम्मा भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले ४ सय ६६ जनाको कोरोना आरडीटी जाँच गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीको टोली व्यस्त भएको बताउनुभयो । 

उहाँका अनुसार जनशक्ति अभाव भएपछि कोरोना प्रवाभित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम रोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार प्रयोगशालामा काम गर्ने १७ स्वास्थ्यकर्मी छन् । थप जनशक्तिका लागि २० जनालाई तालिम दिइएको छ । 


प्रतिक्रिया