कोरोना संक्रमितलाई बेलभुण्डी लगियो

जेष्ठ ३, २०७७ | दाङ

दाङको गढवा गाउँपालिकाका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई कोरोना विशेष अस्पताल बेल्झुण्डीमा लगिएको छ । 

दुईजना संक्रमितलाई गढवाको क्वारेन्टाइनबाट अस्पताल लगेको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो । गढवा गाउँपालिका वडा नं. ४ र ५ का २३ र ३६ वर्षका पुरूषमा हिजो संक्रमण देखिएको हो । 

उनीहरु भारतको गोरखपुर र मुम्बइबाट फर्किएका व्यक्ति हुन् । संक्रमित ब्यक्ति ७ दिन कृष्णनगरको क्वारेण्टाइनमा बसेका थिए ।

कृष्णनगरबाट एउटा संस्थाको एम्बुलेन्सबाट गढवा ल्याइएको र गढवाबाट स्वाब संकलनका लागी फेरि अर्काे एम्बुलेन्सबाट लमही क्वारेन्टाइनमा लगिएको थियो । 

अर्का संक्रमित तुलसीपुर ७ का ३४ बर्षीय पुरूष काठमाडौको महाराजगंजस्थित शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको र उनी अहिले कार्यरत अस्पतालमै रहेको तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।


प्रतिक्रिया