अनुमति बिना गाउँपालिका प्रवेश गर्नेलाई ५ हजार जरिवाना

जेष्ठ ८, २०७७ | ओखलढुंगा

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बिना पास गाउँपालिका प्रवेश गर्नेलाई जरिवाना तिराउने भएको छ । कोही व्यक्ति लुकिछिपि गाउँपालिका क्षेत्र प्रवेश गरेमा ५ हजार जरिवाना सहित जहाँबाट आएको त्यहीँ फर्काइदिने गाउँपालिकाले जनाएको छ । 

विशेष अनुमति बिना सबैलाई गाउँपालिका प्रवेश निषेध गरिएकाले नियम उल्लघंन गर्नेलाई जरिवाना गरिने सूचना समेत जारी गरेको छ । त्यसैगरी, यसरी लुकिछिपि प्रवेश गर्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई नाम गोप्य राखी पुरस्कृत समेत गरिने गाउँपालिकाले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाकी कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाले बताउनुभयो । हालसम्म सोलुखुम्बु जिल्लामा कोरोना संक्रमित भेटिएको छैन । 


प्रतिक्रिया