थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

जेष्ठ १३, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज मात्र विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा गरिएको परिक्षणमा ३५, भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२, नेपालगन्जमा ७ तथा दाङमा गरिएको परिक्षणमा २४ जनामा संक्रमण पुष्टी भएको प्रवक्ता देवकोटाको भनाई छ ।

 प्रदेश १ को ७ वटा जिल्लामा ८६, प्रदेश २ को ८ वटा जिल्लामा २ सय ६८, वागमती प्रदेशको ११ वटा जिल्लामा ३८, गण्डकी प्रदेशको ४ वटा जिल्लामा ७, प्रदेश ५को ८ वटा जिल्लामा ३ सय ३१, कर्णाली प्रदेशको ३ वटा जिल्लामा २५ र सुदुरपश्चिम जिल्लाको ५ वटा जिल्लामा १७ जनालाई संक्रमण पुष्टी भएको छ । जसमध्ये १ सय ५५ जना पूर्ण रुपमा संक्रमण मुक्त भई आइसोलेसनबाट घर फर्किएका छन् । हालसम्म ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । 


प्रतिक्रिया