भेरीमा बेपत्ता भएकाको खोजी गर्दै गोताखोर टोली

बेपत्ताको खोजी गर्दै सशस्त्र प्रहरी बलको गोताखोर टोली । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर 

जेष्ठ १४, २०७७ | जाजरकोट

रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्नको लागि गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ । 

गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश थापाका अनुसार गणबाट आएका ८ जना र अन्य स्थानीय सुरक्षाकर्मीको सहयोगमा खोजी सुरु गरिएको छ । शनिबार भएको घटनामा ३ जनाको शव नदी किनारमा भेटिएको छ । 

भेरी नगरपालिका–४ का नवराज सहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको प्रहरीले जनाएको छ । 

अन्य तीन जनाको खोजी कार्य जारी रहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।


प्रतिक्रिया