रुकुम पश्चिममा भएको घटना जातीय विभेदको पराकाष्ठा आयोग

जेष्ठ १४, २०७७ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर गत शनिबार रुकुम पश्चिममा भएको घटनालाई जातीय विभेदको पराकाष्ठाको संज्ञा दिएको छ । 

आयोगले आज विज्ञप्ति जारी गरी यस्तो अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

आयोगले घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य २ जनाको स्थिति अज्ञात रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति दिन तथा बेपत्ताको खोजी गर्न समेत सरकारलाई आग्रह गरेको छ । 

आयोगले विज्ञप्तिमा जातीय विभेदको विषयमा शून्य सहनशीलता कायम गर्नसमेत सरकारलाई सचेत समेत गराएको छ । विज्ञप्तिमा घटनाका सम्बन्धमा आयोगले समेत प्रभावकारी अनुसन्धानको काम अगाडि बढाइरहेको समेत उल्लेख छ । 


प्रतिक्रिया