दुई युवकलाई ‘लकडाउन उल्लघन’ मुद्दा

जेष्ठ १५, २०७७ | उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारका दुई युवकलाई लकडाउन उल्लघान गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
सवारी पास नलिई अवैध रुपमा सूर्ती ल्याएको आरोपमा स्थानीय ३० बर्षीय सुरेन्द्र गुप्ता र राकेस साहलाई प्रहरीले लकडाउन उल्लघन सम्बन्धी मुद्दा दर्ता गरेको हो । उनीहरुलाई दुई दिन पहिले मगलबार अवैध रुपमा सुर्ती ल्याउदै गर्दा प्रहरी चौकी लालपताले पक्राउ गरेको थियो ।
स ८ प ९७२६ र बा ४० प ८०५३ नम्बरको मोटरसाईकलमा सप्तरीबाट दुई बोरा सूर्ती ल्याउदै गरेको अवस्थामा ती दुई युवकलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक विरबहादुर बुढामगरले वताए । लकडाउनको उल्लघन गरि सवारी पास विनै सूर्ती ल्याएकोमा ‘लकडाउन उल्लघन’शिर्षकमा मुद्दा दर्ता गरेको प्रहरी उपरिक्षक बुढामगरले बताउनुभयो ।
पक्राउ गरिएका गुप्ता र साहको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार अदालतमा मुद्दा दायर गरि प्रहरीले नियन्त्रणमा राखेको छ ।गुप्ता र साहलाई सक्रमण रोग ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।