शव व्यवस्थापन गर्ने तयारीमा

जेष्ठ १५, २०७७ | काठमाडौं

ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारकोक्रममा बुधबार मुत्यु भएका कोभिड–१९ संक्रमितको शव व्यवस्थापनको तयारी गरिएको छ । बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव अस्पतालको शवगृहमा राखिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले शव व्यवस्थापन गर्न समन्वय भइरहेको बताउनुभयो । ‘शव व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युबारे औपचारिक पुष्टि गरेको छैन,’ उहाँले भन्न्भयो, ‘यस बारेमा मन्त्रालयमा बैठक भइरहको छ । हामी निर्देशनको पखाईमा छौं ।’

ललितपुर महानगरपालिका–२२ बुङमतीका ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टिनमा पठाइएको छ । अस्पतालमा सुरक्षा व्यवस्था र सावधानी अपनाइएको छ । 

किस्ट मेडिकल कलेजको नया भवनको पाँचौ तलाको एमआईसी कक्ष सिल गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी स्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा.खगेश्वर गेलालले दिनुभयो ।

उहाँले मृतक परिवारका सबैको विवरण संकलन भइरहेको बताउनुभयो । ‘मृतकलाई कहाबाट कोरोना सर्यो ? विरामी हुनुअघि कहा कहा गएका थिए ? सबै विवरण संकलन गर्ने तयारी भइरहेको छ,’ गेलालले भन्नुभयो । मृतकलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । त्यसक्रममा कोरोना पनि टेस्ट गर्नेक्रममा पोजेटिभ देखिएको हो । उनी कलेजोको विरामी थिए ।


प्रतिक्रिया