प्रधानाध्यापकले प्रत्येक विद्यार्थीका घरमा गएर पढाउन र गृहकार्य गराउन थाले

जेष्ठ २०, २०७७ | सल्यान

– कोरोना भाईरसको संक्रमणका कारण गरिएको लकडाउन लम्बिन थालेपछि विद्यालय खुल्ने अनिश्चित बनेको छ । बालबालिकाको पठनपाठन प्रभाति नहोस् र उनीहरुले घरमै बसेर भएपनि पढ्ने वातावरण मिलोस् भन्दै सल्यानको बाग्चौर नगरपालिका २ ठाटीचौर स्थित त्रिवेणी आधारभुत विद्यालयले घरघरमा गएर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ ।

 बालबालिकाको पढाईमा असर नपरोस् र उनीहरुको पढाई प्रति रुची पहिलेजस्तै रहोस् भनेर विद्यालयले बालबालिकाको घरघरमा गएर पुस्तक वितरण गरेको हो । विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले विद्यार्थीका घरघर गएर पाठयपुस्तक उपलब्ध गराउने मात्र नभई उनीहरुले पढेका कुरा नबिर्सिउन भनेर गृहकार्य दिने कपी जाँच समेत गर्दै आउनु भएको छ । 

अहिले विद्यालय संचालन गरेर पढाउने अवस्था नरहेकाले विद्यार्थीको घरघरमा जाने गरेको प्रधानाध्यापक बस्नेतले बताउनुभयो । विद्यालय तथा प्रधानाध्यापकले गरेको कार्यले आफ्ना बालबालिकाहरुले घरमै बसेर पढ्ने अवसर पाएपछि खुसि लागेको अभिभावकले बताएका छन् । 


प्रतिक्रिया