प्रदेश ५ सरकारले कोरोना संक्रमित व्यक्तिको शव उठाउन वाहन किन्ने

जेष्ठ २०, २०७७ | रुपन्देही

– प्रदेश ५ सरकारले कोरोना संक्रमित व्यक्तिको शव उठाउन समस्या देखिएपछि २ वटा शव वाहन किन्ने भएको छ । बाँकेमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीमा रहेको अस्पताललाई केन्द्रीत गरी एक—एक वटा शव वाहन किन्न लागेको हो । 

मन्त्री परिषद् बैठकले बाँकेमा नेपालगन्ज उपमहानगरले चलाउने गरी र दाडमा तुलसीपुर उपमहानगरपालिकाले संचालन गर्ने गरी १५, १५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । कोरोना संक्रमीतको संखया बढ्दै गएपछि प्रदेश ५ सरकारले कोरोना भाइरस उपचार तथा नियन्त्रण कोषबाट खर्च हुनेगरी कोरोना भाइरस परिक्षण प्रयोगशाला खर्च समेत व्यवस्थापन गर्ने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो ।  


प्रतिक्रिया