अख्तियारद्वारा ताप्लेजुङका दुई अधिकृत पक्राउ

जेष्ठ २१, २०७७ | ताप्लेजुङ

घुस लिंदै गरेका डिभिजन बन कार्यालय ताप्लेजुङका दुईजना अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नियन्त्रणमा लिएको छ । डिभिजन बन कार्यालयका सहायक बन अधिकृत वीरेन्द्र शाह र जीवनकुमार यादव एक/एक लाख रुपैंयँ घुस सहित पक्राउ परेका हुन ।

जडिबुटीको छोटपुर्जीका लागि घुस मागेपछि ब्यवसायी सविन बानियाँले अख्तियारको इटहरी कार्यालयमा खबर गरेका थिए । पक्राउ परेका उनीहरुलाई गएराती नै ताप्लेजुङवाट इटहरी ल्याईएको छ । 

उनीहरुलाई थप अनुसन्धानपछि विशेष अदालतमा वुझाउने अख्तियार इटहरीका प्रमुख चक्रवहादुर बुढाले वताउनुभयो ।   


प्रतिक्रिया