लकडाउनपछि ८ हजार ५६३ जना विदेशी बाहिरिए

जेष्ठ २१, २०७७ | काठमाडौं

कोरोना भाइरस महामारीका कारण जारी बन्दाबन्दीका समयमा नेपालबाट ८ हजार ५ सय ६३ जना विदेशी नेपालबाट बाहिरिएका छन् । 

नेपालबाट बाहिरिनेमा जर्मनी, अमेरिका, अष्ट्रेलिया, नेदरल्याण्ड्स, फ्रान्स, क्यानडा, चेक रिपब्लिक, जापान, ब्राजिल, बंगलादेश, रुस, युएइ लगायत मुलुकका नागरिक बढी छन् । विदेशमा रहेको १० जना नेपाली यो समय हवाई उडानबाट नेपाल फर्किएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

हिजोसम्म चार्टर्ड र कार्गो गरी १ सय १ उडान भएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया