बराहक्षेत्रको क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना

जेष्ठ २३, २०७७ | सुनसरी

– सुनसरीको बराहक्षेत्र नगरपालिकाको क्वारेन्टाइनमा बसेका तीन युवामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु भारतबाट करिब दुइसाता अघि नेपाल फर्केका हुन् । उनीहरुलाई गत जेठ ११ गते बराहक्षेत्रको महेन्द्रनगरस्थित महेन्द्र माविको भवनमा राखिएको थियो । 

बराहक्षेत्र स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहेताका अनुसार क्वारेन्टाइनमा रहेका १ सय ३६ जना मध्ये ३० जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । 

कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई आज मोरङको गोठगाउँस्थित आइसोलेसन वार्डमा पठाइएको छ । मेहताका अनुसार बाँकी ४५ जनाको पनि पीसीआर टेस्ट गर्न स्वाब संकलन गरेर २५ जनाको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २० जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।  


प्रतिक्रिया